वैदेशिक रोजगारीको लागि अनलाइनबाट लिने सेवालाई अझै गुणस्तरीय बनाउनुपर्छ : श्रम मन्त्री कुँवर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारी सम्बन्धी अनलाइन सेवा प्रवाहलाई अझै छिटो छरितो एवं व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।  हाल प्रचलनमा रहेको वैदेशिक सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा देखिएका समस्या र वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग हिजो मन्त्रालयलमा छलफल भएको थियो । छलफलमा उहाँले प्रविधि मैत्री समयमा मन्त्रालयले दिने सेवालाई गुणस्तरीय र प्रभावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नु भयो ।&n...