बजारमा तीव्र उतारचढावले लगानीकर्ताले निर्णय गर्नै सकेनन्, एनआइसी एसियामा लगानीकर्ता सक्रिय

काठमाडौं। १३१७ अंकबाट खुलेको सेयर बजार १३२९ अंकसम्म पुगेर घटेपछि लगानीकर्ताहरूमा दिनभरी नै अन्योलता देखिएको थियो। एकैछिनमा घट्ने र फेरि उकालो लाग्ने क्रमले लगानीकर्ता निर्णय गर्न सकिरहेका थिएनन्।

बजार घटेर १३०९ अंकसम्म आयो। त्यसपछि केही बढेर १३१८ अंकमा पुग्यो। बजार फेरि घट्न थाल्यो र १३१० अंकको हाराहारीमा ओर्लियो। जब डेढ बज्यो बजार सूचक र कारोबार रकमले रफ्तार पकड्न थाल्यो। बजार बढेर १३३१ अंकसम्म उक्लियो। तर यो वृद्धिलाई धान्न सकेन अन्तत ३.३६ अंकले बढेर सूचक १३२० अंकमा बन्द भएको छ।

कारोबार रकम तुलनात्मक रूपमा उच्च भएपनि सूचक एकदमै तलमाथि गर्दा हिजोअस्तिको भन्दा कारोबार रकम घटेको छ। दिनभरीमा १ अर्ब ५१ करोड रूपैयाँको सेयर किनबेच भएको छ। यसमध्ये २४ करोड ४६ लाख रुपैयाँ हिमालयन बैंकको संस्थापक सेयर हो।

बजारमा अत्यधिक माग ग्लोबल आइएमइ बैंकको देखिएको छ। बैंकको सेयरको माग १२ लाख ८२ हजार ८९६ कित्ता भएको थियो। आपूर्ति भने एनआइसी एसिया बैंकको बढि भएको छ। बैंकको ३४ हजार ८३५ कित्ता सेयर आपूर्ति भएको छ। 

ग्लोबल आइएमइपछि माग बढि हुनेमा मेगा, एनआइसी एसिया र एनसीसी बैंक छन्। धेरैपछि नेशनल हाइड्रोको सेयरमा पनि लगानीकर्ताको माग बढेको थियो। कम्पनीको २२ हजार ६०० कित्ता सेयरका लागि माग आएको थियो। एकदमै सक्रिय लगानीकर्ता एनआइसी एसिया बैंकका थिए। बैंकको ७२२ पटक सेयर किनबेच भएको छ। 

बैंकिङ, ब्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादनमूलक र जीवन बीमा कम्पनीको सेयर सूचक बढेका छन्। बाँकी सबै रातो भएको छ।

सम्बन्धित सामग्री

संकटकालको हल्लाले सेयर बजारमा ११३ अंकको उतारचढाव, ‘ठूला लगानीकर्ताले फाइदा उठाए’

काठमाडौं। मंगलबार सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने

बीजमांडू

सेयर बजारमा बल्ल सुरु भयो करेक्सन, सूचक घटेसँगै कारोबार रकम पनि घट्न थाल्यो

काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको छ। लगातार उकालो लागेको बजारले मंगलबार पनि सुरुआती समयमा २५८५ अंकसम्मको उचाई

बीजमांडू

करिब ७ अर्ब रुपैयाँको सेयर कारोबार, ५० अंकको उतारचढाव, बैंकिङले जोगायो बजार

काठमाडौं। छोटो समयका लागि १८०० अंक नाघेको सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चिततातिर लाग्दा तीव्र उतारचढाव देखिएको छ। बजारमा ५० अंकको

बीजमांडू

सेयर बजारमा सट्टेवाज हावी

सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उतारचढाव देखिन थालेको छ । सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्तामा अन्योल उत्पन्न भएको छ । पछिल्ला केही साता उच्च अंकले बढेको सेयर बजारमा गत साताको मध्यदेखि करेक्सन सुरु भएको थियो । चार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः करिब २२ अंकले वढेको छ । यो साताको पहिलो दिन आइतबार १६ अंकले घटेको नेप्से सोमबार बढे पनि लगानीकर्ता बजारको दिशाप्रति अन्योलमै छन् । बजारमा देखिएको बुलिस र बियरिस प्रवृत्तिमा उच्च अंकको रहेको हुनाले लगानीकर्ता लगानी गर्ने कि नगर्ने भन्नेमा अन्योल छ ।

कारोबार दैनिक

किन्ने थप घट्ने आशमा, बेच्ने तनावमा !

६ चैत, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले विगत एक महिनामा एक सय ३२ अंक गुमाएपछि लगानीकर्ताहरु अन्योलमा परेका छन् । करिब ६ महिनादेखि सानो तिनो उतारचढाव बाहेक घट्दो प्रवृत्तिले निरन्तरता पाएको बजारको प्रक्षेपण गर्न गाह्रो हुन थालेपछि लगानीकर्ताहरु थप हतोत्साही भएका हुन् । बजार एक बर्ष यताकै न्युन विन्दुमा आइपुगिसकेको …

OnlineKhabar