एमालेमा पदाधिकारी बढाउने प्रस्ताव– उपाध्यक्ष ७ र उपमहासचिव ३ जना रहने

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ जना पुर्‍याउन प्रस्ताव गरेको छ । शुक्रवार मध्यरातमा चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेका हुन् । एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष रहने व्यबस्था रहेकोमा सो संख्या बढाएर ७ पुर्‍याउन प्रस्ताव गरिएको छ ।  उपमहासचिवको संख्या ३ पुर्‍याउन प्रस्ताव गरिएको छ । यसअघि २ उपमहासचिव रहने व्यबस्था भएकोमा असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिवको संख्या १ म...

सम्बन्धित सामग्री

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड चयन

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । सोमबार बसेको केन्द्रीय कमिटिको बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।प्रचण्डलाई अध्यक्ष चयन गर्नको लागि नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले त्यसलाई समर्थन गरेका थिए । माओवादीको आइतबार सम्पन्न महाधिवेशनले केन्द्रीय कमिटि गठन गरेको थियो। माओवादीमा केन्द्रीय कमिटिले प्रदधिकारी चयन गर्ने ब्यबस्था छ ।  केन्द्रीय कमिटिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।

माओवादीको अधिवेशन सकियो , २३६ जना केन्द्रीय सदस्यमा प्रचण्ड कै प्रस्ताव पारित

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले २३६ केन्द्रीय सदस्यको नाम पारित गरेपछि आज साँझ पार्टीको महाधिवेशन सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यलाई बन्द सत्रले अनुमोदन गरेपछि पार्टीको महाधिवेशन सकिएको हो। प्रचण्डको प्रस्तावमा सहमति नजुटेको भए भोलि निर्वाचन गर्ने पार्टीको तयारी थियो ।  आज अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जना गरि प्रचण्डले जम्मा २३६ जनाको नाम केन्द्रीय सदस्यमा प्रस्तुत गरेका थिए । बन्द सत्रले प्रचण्ड कै प्रस्ताव अनुमोदन गरेको हो।  माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने छ। अब सोमबार बस्ने केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने छन् ।