एमाले कार्यदलको सहमतिबारे शीर्ष नेताहरुलाई ब्रिफिङ

काठमाडाैं।पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका सदस्यहरुले कार्यदलको सहमति र प्रक्रियाबारे नेताहरुलाई ब्रिफिङ गरेका छन्।माधव नेपाल समूहका सदस्यहरुले स्थायी समिति र ओली समूहका सदस्यहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिबारे ब्रिफिङ गरेका हुन्। एमाले विवादका सम्बन्धमा सहमति अन्तिम चरणमा पुगेपछि दुवै समूह शनिबारराति आन्तरिक परामर्शमा जुटेका हुन्। शनिबारको बैठकपछि नेताहरुले सहमति अन्तिम चरणमा पुगेकाले आइतबार टुंग्याउने बताएका थिए।