भन्सार छली ल्याएका विभिन्न चाँदीका गरगहनासहित दुई जना पक्राउ

सिरहा- लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।  भन्सार छली ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश विश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश […]