माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् । गत २३ फागुनमा सर्वोच्च अद

सम्बन्धित सामग्री

विवाद मिलाउन कार्यदलको भर, त्यो पनि सधैँ असफल

काठमाडौं : नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको विवाद उत्कर्षमा पुगेपछि ०७८ जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्‍यो। दुवै समूहबाट ५/५ जना राखेर ओली र नेपालले कार्यदल गठन गरेका थिए। कार्यदलले लामो कसरतपछि पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति बनायो। कार्यदलको सहमतिमा माधव नेपालले असहमति जनाए। एमालेलाई ०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको थियो। कार्यदलमा अध्यक्ष ओली पक्षका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु

एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी छ । बैठक आज बिहान ११ बजेदेखि बसिरहेको छ । आजको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर माओवादी केनद्रसँग एकता हुनुअघिका पदाधिकारीहरुसहितको केन्द्रीय कमिटीमा फर्किन औपचारिक निर्णय गर्ने छ । मङ्गलवार बसेको एमाले स्थायी कमिटी बैठकले २०७५ जेठ २ मा फर्किने निर्णय […]

भीम रावल भन्छन्- छलफल नै नगरी जेठ २ मा फर्किने निर्णयमा कसरी विश्वस्थ हुने?

उनले जेठ २ मा फर्किन सर्वोच्च अदालतले भनेका कारण बाध्यता भए पनि यो अवधिमा भएका अन्य निर्णयबारे मौन रहनुले अझै ढाँट, छल र कपट हो कि भनि आशंका गर्ने ठाउँ रहेको बताए।

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

१५ असार, काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए । ‘सर्वोच्च अदालतका […]

एमाले विवाद सहमति नजिक

एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]

एमालेमा मिलनबिन्दुको खोजी– त्यो जेठ २ देखि यो जेठ २ सम्म !

जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ । ‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ ।  आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।  एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भ...

जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।  ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ ...

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, म तपाईंको साथमा छैन

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्रीको साथमा नरहेको बताएका छन्। आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्। गौतमले प्रधानमन्त्रीसँग २ जेठ,२०७५ को अवस्थामा फर्किन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले जेठ २ भन्दा धेरै अगाडि बढेको र फर्किने अवस्था नरहेको बताएका थिए। त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर जवाफ दिए।

जेठ २ मा फर्किने कि नफर्किने ? कुन स्थायी कमिटीलाई मान्ने ?

२४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधार खोजी गर्न थालेका हुन् । शुक्रबार दुवै पक्षका तीन-तीन नेताले करीब दुई घण्टा बालुवाटारमा वार्ता गरेका […]