प्रतिकूल मौसमले डेढ सय आन्तरिक उडान रद्द

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फका १ सय ५७ उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आन्तरिक टर्मिनलका अनुसार यस साता शनिबारदेखि बुधबारसम्म १ सय ५७ उडान रद्द भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानका लागि मुलुकभरका विभिन्न विमानस्थलमा १ सय ३७ उडान गर्ने कार्यतालिका भएकोमा ३७ उडान रद्द भएर २ सय ३ […]