विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी

कतार विश्वकप २०२२ को छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलले पाराग्वेलाई ४–० गोलले हरायो । अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।