मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन् । भीरको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो ।
घरमा खाद्यान्नको चरम अभाव छ । मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो । कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन । ‘घरमा खानेकुरा केही छैन । गिठ्ठा खाएर बसेका थियौं । दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो ।’
संगै आएका साथीसंग स...