म्याग्दीमा होटलको संख्या बढ्दै

म्याग्दी, मंसिर २३ । म्याग्दीमा होटलहरुको संख्या वृद्धि भएर १ सय २२ वटा पुगेको छ । दुई वर्षअघि पर्यटक लक्षित ८७ होटल रहेको म्याग्दीमा दुई वर्षको अवधिमा ३५ वटा नयाँ पर्यटक लक्षित होटलहरु थपिएका हुन् । यी सबै होटलहरुमा गरी १ अर्बभन्दा वढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ । […]