प्रधानमन्त्रीका सूचना लुकाइने छैन : नवनियुक्त प्रेस सल्लाहकार थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताए।

उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन्। उनले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताए।

'प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमि हुन दिइने छैन', उनले भने, 'प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पुर्‍याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेछु।'

सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताए। पारदर्शीतालाई जोड दिने भन्दै उनले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताए। उनले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी समेत गर्न उनले आग्रह गरे। सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढंगले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराए।

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त गरिएको हो।

उनलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ। यसअघि उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहेका थापा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित ...

नेपाल आज

‘इनफ इज इनफ’ समूहका अनशनकारीलाई भेटे प्रधानमन्त्री ओलीले

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेटेका छन् । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए। भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको बताएका …

राजधानी दैनिक

राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। उनले साँझ ५:३० बजे सम्वोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। प्रधानमन्त्रीको सम्वोधन अगाडि मन्त्रिपरिषद बैठक बस्ने छ।

नागरिक दैनिक

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई

पहिलो पोस्ट

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

सेतोपाटी

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा बिष्णु रिमाल नियुक्त

एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए। रिमाल एमाले पोलिटब्यूरो सदस्य हुन्। २०७२ मा ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए।

Setopati