भारतीय मिडिया लेख्छन् : कालापानी विवादमा भारतप्रति नेपालका प्रधानमन्त्रीकाे आक्राेश !

काठमाण्डौ - एक इन्च नेपाली भूमि कसैलाई मिच्न नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले भारतले आफ्नो नयाँ राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेपछि पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिनु भएको हो ।

नेपाली जमिनबाट आफ्ना सेना फिर्ता लैजान उहाँले भारतलाई आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री ओलीकाे अभिव्यक्ति थियाे, ‘नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस्, हाम्रो आग्रह छ ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई भारतीय सञ्चार माध्यमले पनि प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

ले यस प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई विशेष महत्वका साथ प्रकाशन गरेको छ । ‘कालापानी विवादमा नेपाली प्रधानमन्त्री ओलीले भारतलाई भने - ‘एक इञ्च पनि जमिन दिने छैनौँ’ शीर्षकमा बीबीसी हिन्दीले सोमबार लामो समाचार छापेको छ ।

बीबीसी हिन्दीले कालापानी नेपालको हिस्सा भएको ओलीको अभिव्यक्तिलाई प्राथमिकता दिँदै लेखेको छ, ‘भारतले नयाँ नक्सामा कालापानी आफ्नो हिस्सा भएको बताएको छ । कालापानी नेपालको पश्चिीमी सीमामा पर्छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतले कुनै प्रतिक्रिया दिएको छैन । तर भारतले नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरेको बताएको छ ।’

त्यस्तै बीबीसीले प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गर्नुभन्दा पहिले जमिन नै फिर्ता लिने अभिव्यक्ति दिएको कुरालाई प्राथमिकता दिएको छ । कालापानी विवादबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेको र कालापानीबारे आफ्नो प्रतिक्रिया नदिएकाले नेपालमा ओलीको आलोचना भएको पनि बीबीसीले लेखेको छ । 

त्यस्तै भारतीय पत्रिकाले आफ्नो अनलाइन संस्करणमा यस समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । ‘नेपालका प्रधानमन्त्रीको घोषणा : कालापानी इलाकाबाट भारतीय सेना हटाइन्छ’ शीर्षकमा अमर उजालाले समाचार प्रकाशन गरेको छ ।

उसले सुरुमै प्रधानमन्त्री ओलीको भनाइलाई उद्धृत गर्दै लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी इलाकाबाट आफ्नो सेनालाई फिर्ता लैजान भारतलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘नक्सा त जसले पछि छाप्न सक्छ । कुरा नक्सामा सुधारको होइन, अतिक्रमणको हो । नेपाल अरुको एक इन्च जमिन पनि लिँदैन र आफ्नो पनि एक इन्च जमिन अरुलाई दिँदैन । कालापानीबाट हामी भारतीय सेनालाई हटाउँछौँ । नेपाली भूमिमा नेपाली सेना नै बस्नेछ ।’

त्यस्तै भारतको चर्चित सञ्चार माध्यमले आफ्नो अनलाइन संस्करणमा ‘कालापानी विवादमा भारतसँग नेपाली प्रधानमन्त्रीको आक्रोश : एक इन्च जमिन दिनेछैनौँ’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट भारतीय सेना हटेपछि मात्रै वार्ता हुने भन्दै नेपाल आफ्नो भूमि रक्षा गर्न सक्षम भएको अभिव्यक्ति दिएको आजतकले लेखेको छ ।

त्यस्तै मा वरिष्ठ पत्रकार युवराज घिमिरेले काठमाण्डौबाट पठाएको ‘नक्सा विवाद : कालापानी क्षेत्र आफ्नो भएको नेपाली प्रधानमन्त्रीको दाबी...’शीर्षकमा समाचार प्रकाशित छ ।

त्यस्तैले ‘भारतलाई कालापानीबाट सेना फिर्ता लैजान नेपाली प्रधानमन्त्रीको आग्रह’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

त्यस्तै ले पनि आफ्नो अनलाइन संस्करणमा प्रधानमन्त्री ओलीले कालापानी नेपाली भूभाग भएको बताउँदै एक इन्च भूमि कसैको नलिने र कसैलाई नदिने बताएको कुरालाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । 

सम्बन्धित सामग्री

चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री

२६ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता …

अनलाइनखबर

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना नदेख्न समेत चेतावनी दिए।

नागरिक दैनिक

अब छिट्टै चीन भ्रमण : प्रधानमन्त्री ओली :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्। आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताए। संसदमा ओलीले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन

पहिलो पोस्ट

दिल्ली पुगे प्रधानमन्त्री ओली, गृहमन्त्रीद्वारा स्वागत

काठमाडौं : तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्...

थाहा खबर

​प्रधानमन्त्री ओली नयाँदिल्लीमा, भारतीय गृहमन्त्री सिंहद्वारा स्वागत

काठमाडौं, चैत २३ – प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीको इन्दिरा...

उज्यालो अनलाइन

​प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो छ तीनदिने भ्रमणको तालिका

काठमाडौं, चैत २३ – प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणको लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको विम...

उज्यालो अनलाइन

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, …

अनलाइनखबर