सेनाले विद्यार्थीलाई दियो आत्मरक्षा तालिम

बैतडी । नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थशिविरको आयोजना गरेको हो । प्रधानसेनापति मार्ग निर्देशन र बाहिनीपति कमाण्ड प्रतिवद्धता कार्यान्वयन योजनाअनुसार आत्मरक्षा तालिम सञ्चालन गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । […]