प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद्को बैठक, सचिवालयको नयाँ नियुक्ति हुन सक्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री सचिवालयको नयाँ नियुक्ति हुन सक्ने स्रोतले जनाएको छ। 

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत गरिसकेको बुझिएको छ।

प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ लगायत यथावत रहेका छन्।

गत शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए। सचिवालय सदस्यहरुले मंसिर १ गतेबाट लागु हुनेगरी राजीनामा दिएका छन्।

सम्बन्धित सामग्री

नेकपा विवाद : पार्टी सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक

काठमाण्डाै - सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । दिउँसो १ बजे बोलाइएको सचिवालय बैठककै समय पारेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । ओलीसहित मन्त्रीहरु ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल पार्टी सचिवालयका सदस्य हुनुहुन्छ । प्रधानमन्त्र...

उज्यालो अनलाइन

नेकपा सचिवालय बैठक बस्दै : मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य

काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा...

थाहा खबर

प्रधानमन्त्रीको सचिवालय : थापा, थपलिया र घिमिरे ओलीका नयाँ सारथि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा तीनजना नियुक्त भएका छन्। मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्त गरेको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकारम...

थाहा खबर

प्रधानमन्त्रीको सचिवालयबाट को को भए पदमुक्त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत छ जनालाई पदमुक्त गरेका छन् । पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा ...

नेपाल आज

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटर मार्फत् बैठक सुरु भएको जानकारी दिएका हुन् ।   प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारमा ...

नेपाल आज

प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराई

काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेकपाका नेता समेत रहेका डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।  उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीका पररा...

उज्यालो अनलाइन

प्रधानमन्त्रीको सचिवालयमा कटौती, ४७ बाट २८ मा झारियो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा व्यापक कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत प्रम ओलीले सल्लाहकारहरुको

Annapurna Post