अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका ब

सम्बन्धित सामग्री

नेपाली ढाकाटोपी लगाएर अनुपम खेरले मनाए ६७ औं जन्मदिन

२५ फागुन, काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, डेनी डोनजोङ्पा र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभ र बोमनले इन्स्टाग्राममा यी तस्वीर पोस्ट गरेपछि नेपाली प्रशंसकहरुले व्यापक सेयर गरिरहेका छन् । मुम्बईको मध आइल्याण्डमा सेट निर्माण गरेर छायांकन भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर सेयर […]

ढाका टोपीमा मख्ख अमिताभ बच्चन

एजेन्सी, २४ फागुन । बलिउड महानायक अमिताभ बच्चनले नेपालीको पहिचान बोकेको ढाका टोपी लगाएका छन् । बच्चन आफैले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’ । ढाका टोपीमा मख्ख बच्चनले दुईटा हात कम्मरमा राखेका छन् । उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति […]

जब सुटिङ सेटमा अमिताभ बच्चनले पहिरिए नेपाली ढाकाटोपी

२३ फागुन, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए । अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए । बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ […]