शिवरात्रिका लागि पशुपति मन्दिर झकिझकाउ, दर्शनार्थीका लागि मास्क र स्यानिटाइजर अनिवार्य

काठमाण्डाै - भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो । यसपालि पशुपति मन्दिर पुग्ने दर्शनार्थी र भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । शिवरात्रिमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । भीडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष तथा शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोज...