सपथग्रहणमा राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकासबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो।नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।