परीक्षा नै नभएको एसईईको प्रश्नपत्र छपाइमा २ करोड २० लाख खर्च

आर्थिक वर्ष २०७६/०७७ मा कक्षा १० को नियमित तथा पूरकतर्फको ५० लाख ७० हजार सेट प्रश्नपत्र छाप्नमा २ करोड २० लाख ५७ हजार रूपैयाँ खर्च भएको छ । परीक्षा नै सञ्चालन नहुँदा उक्त रकम व्यर्थमा खर्च भएको हो । प्रति सेट ३.८५ रूपैयाँका दरले प्रश्नपत्र छाप्नका लागि राष्ट्रिय परीक्षा बोर्डले जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको थियो । तर, मन्त्रिपरिषद्ले कोभिड महामारीका कारण भौतिक रुपमा लिइने परीक्षा रद्द गरी विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेकाले छापिएका ती प्रश्नपत्रहरू प्रयोगविहीन भएको थियो ।  २०७७ मंसिर १४...

सम्बन्धित सामग्री

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले