एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, कात्तिक ६ गते । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो ।

मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ जारी गरेको सूचनामा ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको हो ।

सूचनामा “राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ ।”

न्यूनतम ५० प्रतिशत अङ्कलाई प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने र निवेदन अनलाइनमार्फत् कात्तिक २० गतेसम्म कायम रहेको सूचनामा जनाइएको छ ।

अब एमबिबिएस र बिडिएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् ।

साथै यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले कूल सिट सङ्ख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान रहेको छ ।

हालै चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क तय गरेको थियो । नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह अन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि उपत्यका भित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको थियो ।

त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको थियो । यसअघि उपत्यकाभित्र एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । एमबिबिएस तह अध्ययन गर्न करीब रु दुई लाख र बिडिएस तहमा करीब एक लाख शुल्क वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

एमबीबीएस सुरु गर्नजुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ […]

कारोबार दैनिक

एमबीबीएस अध्ययनका लागि आवश्यक पूर्वाधार तयार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलको अनुमति र प्रतिष्ठानको सातौ सिनेट बैठकको निर्णयअनुसार एमबीबीएस सञ्चालन तथा पूर्वाधार व्यवस्थापनका लागि ६ अर्ब विनियोजन गर्ने भनिएको थियो । सोहीअनुसार प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

एमबीबीएस र बीडीएसमा भर्ना अन्योल

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

कारोबार दैनिक

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको थियो ।

गोरखापत्र

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान :: Pahilopost.com

काठमाडौँः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयनका लागि मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको हो। मन्त्रालयले स्पष्टीकरण सोधेपछि बोर्ड अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन। पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि पदपूर्तिको प्रक्रिया थालिएको

पहिलो पोस्ट

जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाविनै एमबिबिएस पढाइ

धनुषा : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा...

थाहा खबर