अंग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी

१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ । सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको […]

सम्बन्धित सामग्री

चार अन्तरराष्ट्रिय विमानस्थल पीपीपीमा व्यवस्थापन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ ।  प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तार र प्रस्तावित निजगढ विमानस्थल निर्माण उक्त अवधारणामा गर्न आवश्यक निर्णय र छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।  अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण पुस १० गते सार्वजनिक गर्दै अन्तरराष्ट्रिय विमानस्थल सोही अवधारणामा बनाउने तयारी भएको बताउनुभएको थियो । अहिले प्राधिकरणले उक्त अवधारणामा विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार भित्त्याउन ठोस कदम चालेको छ ।  सबैभन्दा पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।  सञ्चालनको एक/डेढ वर्ष हुँदा गौतमबुद्ध र पोखरा विमानस्थल राम्रोसँग चल्ने संकेत नदेखिएका बेला सरकारले उक्त अवधारणामा निजगढ विमानस्थल बनाउने गरी चारओटै विमानस्थललाई एउटै प्याकेज बनाउनेछ । सबैभन्दा बढी आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि प्याकेजमा राख्दा यी विमानस्थल व्यवस्थापनका लागि साझेदार भित्रन सक्ने आकलन प्राधिकरणको छ ।

वर्ष दिनमा १० लाख १४ हजार पर्यटक

काठमाडौं ।  सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किएको छ ।  सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएकोमा सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना आएका छन् । सन् २०१९ मा नेपालमा हालसम्मकै धेरै पर्यटक आएका थिए । उक्त वर्ष पर्यटक आगमन ११ लाख ९७ हजार १९१ पुगेको थियो । सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोरोना संक्रमणका कारण त्यसयताका वर्षमा पर्यटक आगमन घटेको थियो ।  कोरोनाको जोखिम टरेको र पर्यटन सिजन अक्टोबर र नोभेम्बरमा आगमन संख्या लाखभन्दा माथि पुगेसँगै सरकारी लक्ष्य प्राप्त भएको हो । सन् २०२३ मा पर्यटक आगमन लक्ष्य प्राप्त भएपछि सरकारले सन् २०२४ मा यसलाई दोब्बर बताउने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पर्यटक आगमन दोब्बर पुर्‍याउने बताउनुभएको थियो ।  घोषणा गर्ने, काम नगर्ने सरकारी शैलीबाट पर्यटन व्यवसायी भने निराश छन् । पर्यटक आगमनको सरकारी लक्ष्य प्राप्त हुनु सकारात्मक भए पनि सन्तुष्ट हुने अवस्था नभएको व्यवसायीले बताए । ‘यतिबेला ३५ लाख ग्राहक (आन्तरिक र बाह्य पर्यटक) लाई सेवा दिने अवस्थामा होटेल उद्योग छ । त्यस हिसाबले २०२३ मा क्षमताको एक तिहाइ मात्रै पर्यटक आए,’ होटेल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘पर्यटक आगमन थप बढाउन सक्ने प्रशस्त आधार छन् ।’  उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सन् २०२३ मा १० लाख पर्यटक ल्याउँदा अब गौतम बुद्धबाट १० लाख र पोखरा विमानस्थलबाट ७/८ लाख पर्यटक नेपाल ल्याउन सके ३० लाखको लक्ष्य सजिलै प्राप्त हुने र २०२४ मा २० लाख पर्यटक ल्याउने प्रधानमन्त्रीको घोषणालाई वास्तविकतामा परिणत गर्न सकिने उनको भनाइ छ ।  काठमाडौंको विमानस्थलजस्तै पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चीन र भारतका प्रमुख शहर जोड्ने उडान शुरू गर्ने, सडक विस्तारलाई तीव्रता दिएर सम्पन्न गर्ने र आन्तरिक गृहकार्यलाई बढी जोड दिएमा पर्यटक आगमन बढाउन सकिने उनले बताए । सरकारले २०२३–२०३२ लाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको छ । तर, त्यसमा अहिलेसम्म कुनै काम नभएको शाहले बताए । ‘आजको सुखद अवस्था छ, निजीक्षेत्रको बलबुतामा सहज अवस्था आयो पनि,’ उनले प्रश्न गरे, ‘यसको कार्यान्वयनका लागि राष्ट्रिय संयोजन खै ? तीन तहको सरकारको भूमिका र राष्ट्रिय नीति खै त ?’   २०२४ मा दोब्बर बनाउने सरकारी तयारी  तर सरकारको घोषणा र काम गर्ने तरीका फरक–फरक  गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन भए लक्ष्य प्राप्त हुने सरकारले घोषणा गर्ने सरकार आफै, स्थानीय सरकार र निजीक्षेत्रको भूमिका एवं जिम्मेवारीका विषयमा कुनै योजना नबनाउने व्यवसायीको गुनासो छ । पर्यटन व्यवसायीमा आत्मविश्वास भए पनि सरकारले नसघाएको उनीहरूको भनाइ छ ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वमहासचिव सरिता लामाले कोरोना कालको तुलनामा सन् २०२३ को पर्यटक आगमन सुधारोन्मुख भए पनि पहिलाको जस्तो उत्साह नभएको बताइन् । सरकारले दोब्बर बनाउने लक्ष्य राखे पनि कुनै तयारी नगरेको उनको भनाइ छ ।  नेपालको राष्ट्रिय ध्वजावाहक जहाज अस्ट्रेलिया, यूरोपलगायत गन्तव्यमा जान नसकेको र तयार भएका अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन नभएको अवस्थामा पर्यटक आगमन दोब्बर बनाउने नारामा विश्वास नलागेको लामाले बताइन् । तर, सरकार र निजीक्षेत्र मिलेर यूरोप, अमेरिकालगायत देशमा सिधा उडान, सोही किसिमका प्याकेज निर्माण र विश्वमा हुने ठूला पर्यटन मेलामा प्रचारप्रसार गरे सम्भव हुने उनको भनाइ छ ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो वर्ष लक्ष्य प्राप्त भएको र आगामी वर्ष २० लाख पर्यटक ल्याउने बताए । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएमा लक्ष्य प्राप्त हुन सक्ने उनले बताए । उक्त लक्ष्य प्राप्तिका लागि गृहकार्य गरिरहेको भन्दै लामिछानेले थपे, ‘पहिलाकै जस्तै प्रचारप्रसारका कार्यक्रमहरू नै गर्ने र यसलाई तीव्रता दिइनेछ ।’

पाँच दशकमा पूरा भयो सपना

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (आइतबार) देखि सञ्चालनमा आउँदैछ । निर्माण कार्य सकिएलगत्तै विमानस्थल सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रम गौतमका अनुसार विमानस्थल उद्घाटनको जिम्मा पोखरा महानगरपालिकाले पाएको छ । महानगरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख गौतमले विमानस्थल सञ्चालन गर्न आवश्यक प्राविधिक तथा अन्य तयारी पूरा भएको जानकारी […]

पोखरा विमानस्थल : मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने आशा

पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरु

पुस १७ मै पोखरा विमानस्थल सञ्चालन गर्ने आधार छन् : मन्त्री श्रेष्ठ

नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ बाट सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । तर, रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापन नभइसकेको अवस्थामा उक्त मितिमा विमानस्थल सञ्चालन हुनेमा संशय पैदा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तोकिएकै मितिमा विमानस्थल सञ्चालन गर्ने आधार रहेको बताएका छन् ।

६ महिनामा पोखरा विमानस्थल सञ्चालन हुने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राविधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल संख्या तीन […]

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

९ फागुन, काठमाडौं । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो । आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् । पोखरामा आइतबार अकस्मात […]

भैरहवा र पोखरा विमानस्थल सञ्चालन थप पछाडि धकेलिने

२८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ( भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएको समयमा जहाज नउड्ने निष्कर्षमा पुगेको छ । अहिलेकै कार्यप्रगतिले यी दुबै राष्ट्रिय गौरवका आयोजनामा तोकिएको समयमा जहाज उड्न नसक्ने देखिएको हो । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आइतबार प्रस्तुत चालु आर्थिक वर्ष २०७८/७९ […]

पोखरा विमानस्थल सञ्चालनको तयारी, वैशाखदेखि अन्तर्राष्ट्रिय उडान (भिडिओ)

‘विमानस्थल सञ्चालन गर्न आवश्यक दक्ष मानव संशाधन कस्तो चाहिन्छ भनेर काम गरेका छौं,’ उनले भने, ‘आकाशमा उडान भर्न एरिया तोक्न हाम्रो टिम सक्षम छ, कुनै समस्या छैन।’