काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा पठाउने सांसदको नाम टुंग्याएको छ। जनमत पार्टीले पहिलो पटक भाग लिएको आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ। केन्द्रीय समितिको बैठकले पाँचजनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेस गरेको छ। तीमध्ये चारजना महिला र एकजना मुस्लिम समुदायका छन्। […]