केयुद्वारा एमबीबीएस तथा बीडीएसको परीक्षाफल पुनः प्रकाशित

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले गत साता प्रकाशित गरेको एमबीबीएस तथा बीडीएस प्रवेश परीक्षामा प्राविधिक त्रुटि रहेको भन्दै नतिजा पुन प्रकाशित गरेको छ ।
विश्वविद्यालयले नयाँ प्रकाशित गरेको नतिजामा २५० बढी विद्यार्थीको नतिजा परिवर्तन भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. राजेन्द्र कोजुले ‘कम्युटर सिष्टममा इरर’ भएका कारण नतिजामा त्रुटि रहेको जानकारी दिनुभयो । उहाँले नतिजामा त्रुटि फेला परेपछि पुन त्रुटि सच्याएर नयाँ नतिजा निकालिएको जानकारी दिदै नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले विश्वविद्यालयमा आई नतिजा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गत असोज चार गते लिइएको प्रवेश परीक्षाको नतिजा सोही दिन साझ प्रकाशित गरिएको थियो । सो नतिजामा एक हजार बढी विद्यार्थीले ‘रिटोटलिङ’ गरेपछि डीन कार्यालयले परीक्षाको नतिजा प्रति पुनः छानवीन गरेको थियो । सो क्रममा धेरै त्रुटि भेटिएपछि नतिजा पुन प्रकाशित गरिएको हो ।
डिन डा. कोजुले केही विद्यार्थीले उत्तरपुस्तिकामा अरुकै सिम्वोल नम्बर राखेको हुनाले नतिजामा त्रुटि देखिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

छात्रवृत्तिमा पढेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी हुन दिएन

२८ पुस, काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रौतहटका रामजी रामलाई कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै विश्वविद्यालयको परीक्षा दिनबाटै बञ्चित गरेको छ । कलेजले छात्रवृत्तिमा अध्ययनरत रामजी रामलाई अतिरिक्त शुल्क नतिरेको …

अनलाइनखबर

एमबीबीएस र बीडीएसमा भर्ना अन्योल

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

कारोबार दैनिक

लाइसेन्स परीक्षाफल प्रकाशित

काठमाडौँ, साउन १२ गते । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल...

गोरखापत्र

एमबिबिएस अध्ययनरत शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला

काठमाडौं - काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल...

जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाविनै एमबिबिएस पढाइ

धनुषा : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी तथा...

थाहा खबर

एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, फागुन  १० गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन...

GorkhaPatra