चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

काठमाडौँ, भदौ ३० गते । चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको थियो ।

संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

सर्वाेच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।

हाल त्रिविवि, काठमाडाँै विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबिबिएसको अध्ययन हुनेगर्दछ ।

सम्बन्धित सामग्री

एमबीबीएस अध्ययनका लागि आवश्यक पूर्वाधार तयार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलको अनुमति र प्रतिष्ठानको सातौ सिनेट बैठकको निर्णयअनुसार एमबीबीएस सञ्चालन तथा पूर्वाधार व्यवस्थापनका लागि ६ अर्ब विनियोजन गर्ने भनिएको थियो । सोहीअनुसार प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी सहित १२ विषयको शुल्क तोकियो (कुनमा कति?)

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ।  आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क...

एमबिबिएस र बिडिएस अध्ययनमा नयाँ शूल्क निर्धारण, एमबिबिएस पढाइ अब २ लाख महँगो

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शूल्क निर्धारण गरेको छ। आयोगको असोज १ र ३० गतेको बैठकले शैक्षिक सत्रमा सञ्चालन हुने एमबिबिएस/बिडिएस कार्यक्रमका...

एमबीबीएस र बीडीएसमा भर्ना अन्योल

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।

कारोबार दैनिक

आइओएमको बिडिएस, नर्सिङ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले बिडिएस, नर्सिङ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको...

आइओएमको प्रवेश परीक्षाका लागि बाटो खुल्यो, अन्तरिम आदेश खारेज

काठमाडौं– सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको...

नहुने भयो चिकित्सा शिक्षामा एकिकृत प्रवेश परीक्षा

काठमाडौं– सरकारले चिकित्साशास्त्र तर्फ सबै विश्वविद्यालय तथा प्रतिष्ठानका एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा एउटै बनाउन एकिकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम)को तयारी अगाडि बढाएको भए पनि यो वर्ष नहुने भएको छ। चिकित्सा शिक्षा अध्यादेश अनुसार गठन भएको आयोग र त्यस अनुसार बनाइएका समिति खारेज भएपछि यो वर्षको तयारी...