अन्तत: सरकारले निजी कम्पनीलाई नै दियो खोप ल्याउने अनुमति

काठमाडौं : अन्तत: सरकारले निजी कम्पनीहरूलाई नै कोरोनाविरुद्धको खोप आयातको लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले  कोभिसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि दुईवटा निजी कम्पनीलाई आयात अनुमति दिएको हो।विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले

सम्बन्धित सामग्री

नेप्सेले दियो थप सात ब्रोकरलाई सदस्यता

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप सात नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । धितोपत्र बोर्डबाट लाइसेन्स पाएका सात ब्रोकरलाई नेप्सेले शुक्रबार सदस्यता प्रदान गरेको हो । नेप्सेले इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक...

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले दियो प्रमाणपत्र

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले प्रमाणपत्र वितरण गरेको छ । लाइसेन्स पाएका १८ वटा कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार प्रमाणपत्र वितरण गरेका हुन् ।  बोर्डबाट प्रमाणपत्र पाएसँगै ब्रोकर कम्पनीले...

वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्स

काठमाडौं, ४जेठ।नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्ला गरेको थियो। यसको लागि ४६ कम्पनीले आवेदन दिएका थिए।

राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई दियो विशेष सुविधा

नेपाल राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई विशेष सुविधा दिएको छ । राष्ट्र बैंकले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा बैंकबाट नै गर्न सक्ने ब्यबस्था गरिदिएको हो  । राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्दै राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई यस्तो सुविधा दिएको हो । जस अनुसार कम्पनीले विभिन्न प्रयोजन (जस्तैः माल वस्तु वा उपकरण आयात, औषधी तथा औषधीजन्य सामग्री, सदस्यता शुल्क, सेवा शुल्क, मर्मत शुल्क, विज्ञापन, वायुयानहरूको भाडा वा लिज वा लिज पर्चेजको भुक्तानी, इन्जिनको रेण्टल चार्ज, फेरी फ्लाईट खर्च, जहाजको इन्जिन तथा पार्टपुर्जाहरूको मर्मत तथा ओभरहल शुल्क, स्टल भाडा, प्रसारण सेवा शुल्क, ट्रान्सपोण्डर शुल्क, भीस्याट शुल्क, डाँक सेवा शुल्क, छपाई शुल्क, डेमुरेज चार्ज, डिटेन्सन चार्ज, कानूनी सेवा शुल्क, दैनिक तथा भ्रमण भत्ता, परामर्श सेवा शुल्क, प्राविधिक सेवा शुल्क, समेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा देहायका शर्तहरूको अधीनमा रही त्यस्तो सटही सुविधा बैंकबाटै सोझै पाउन सक्ने छ ।यस्तो सुविधा नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालयहरू, सम्बैधानिक निकाय , नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय खेलकूद परिषद, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, र नेपाल टेलिकमलाई पनि छ । सोहि सुचीमा  राष्ट्रिय प्रसारण ग्रिड कम्पनी पनि थपिएको हो ।

क्यासिनो बहस : थप लाइसेन्स बाँड्न ठीक कि बेठिक ?

कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । पूर्वस्वीकृति दिएको आठ दिनपछि अर्थात् माघ १३ गते पर्यटन विभागले सो कम्पनीलाई क्यासिनो सञ्चालन गर्न अन्तिम स्वीकृति दियो । मन्त्री भएयता आलेले विभिन्न ६ कम्पनीलाई क्यासिनो सञ्चालन अनुमति दिइसकेका छन् । रकम लिँदै लाइसेन्स बाँड्दै गरेको आरोप मन्त्री आलेले खेपिरहेका छन् । पूर्ववर्ती सरकारमा

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग - अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।  न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्  । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।

चीनले चार कम्पनीलाई खोप निर्यातका लागि दियो अनुमति

चीनले कोभिड-१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ।यी खोपहरूलाई चीनभित्र शर्तसहित बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ। चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी छन्।चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरूले विश