लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेकी हुन।  आज  काठमाडौंमाआयोजित नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) को १०औँ वार्षिक साधारणसभामा सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताएकी हुन । विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । भूकम्पपछिको पुनःनिर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताइन् । इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरिन् । आगामी बैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उनको भनाइ छ । “नेपालले लगानी सम्मेलन आयोजना गर्दैछ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्टट्र्याक’मा संशोधन हुँदैछन्”, सञ्चारमन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।” नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुई देशबीचको आर्थिक तथा व्यापारिक साझेदारीलाई थप बढाउन निजी क्षेत्रले भूमिका खेल्ने बताए । नेपालको निर्यात व्यापारलाई कसरी बढाउन सकिन्छ र मुलुकको अर्थतन्त्रलाई योगदान पुर्‍याउन सकिन्छ भनेर निजी क्षेत्रले प्रयास गरिरहेकामा सरकारका तर्फबाट साथ सहयोगको अपेक्षा रहेको उनले बताए।  इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेयले दुई देशको व्यापार र लगानी साझेदारीका लागि थप पहलको आवश्यकता औंल्याइन् । लगानी तथा व्यापार सहजीकरणका लागि पनि उनले आग्रह गरिन् । सोही कार्यक्रममा सञ्चारमन्त्री शर्माले ‘एनआइसिसीआई डाइरेक्टरी’को अनावरण पनि  गरेकी थिइन् ।   

सम्बन्धित सामग्री

मिटरब्याजपीडितको समस्या समाधान गर्न सरकार संवेदनशील छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताएकी छन् ।

स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

चलचित्रको गुणस्तर बढाउन जरुरी: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छिन्।

चलचित्रको गुणस्तर बढाउन जरुरी: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छिन्।

सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।...

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।...

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्। मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्‍याउनु […]

सरकार स्वतन्त्र न्यायालयको पक्षमा छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीद्वारा पदबहाली

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँले पदबहालीका क्रममा डिजिटल दस्तखत गर्दै कामको शुभारम्भ गर्नुभएको थियो ।