भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

७ भदौ, काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।

तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।

अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए ।

पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

सम्बन्धित सामग्री

बजेटले खर्च धान्न नसक्ने अर्थविदहरुको चिन्ता

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गरेको बजेटले खर्च धन्न नसक्ने भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त गर्न थालेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको संकटमा ल्याइएको यो बजेटले नेपालको अर्थतन्त्रको सुधार नहुने संकेत देखिएको अर्थसम्बन्धी जानकारहरुले बताएका छन् । पाठशाला नेपालले बजेटको विषयमा आयोजना गरेको भर्चुअल अन्तरक्रियामा पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र

कारोबार दैनिक

'आर्थिक विकासका लागि 'डिजिटल' भुक्तानी अपरिहार्य'

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताएका छन्। नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९औँ राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताएका हुन्। उनले डिजिटल नेपालको ढाँचाको विकासक...

थाहा खबर

अरुण जेटली: भारतका भूतपूर्व अर्थमन्त्रीको निधन

भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको ६६ वर्षको उमेरमा शनिवार निधन भएको छ। उनी भारतीय अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए।

बीबीसी नेपाली

भारतका पूर्व अर्थ मन्त्री अरुण जेटलीको निधन

भारतका पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टी(बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको शनिबार निधन भएको छ । उनी ६६ वर्षका थिए । गएको नौ दिनदेखि दिल्लीमा रहेको एम्स अस्पतालमा उनको उपचार भैरहेको थियो । एम्स अस्पतालकी प्रवक्ता आरती विजका अनुसार जेटलीको निधन शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो । पछिल्लो शनिबार मा...

उज्यालो अनलाइन

पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

१८ फागुन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वषर्ीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधि कारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार …

अनलाइनखबर

पूर्वअर्थमन्त्री श्रेष्ठ रहनुभएन

काठमाडौ‌ – पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।  पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भान्जा दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।  अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्च...

उज्यालो अनलाइन

निर्वस्त्र भएर प्रवचन दिने जैन मुनि तरुण सागरको निधन

भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । शनिबार बिहान साढे तीन बजे दिल्लीको शाहदरा, कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।  उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । उनी दिल्लीको एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार औषधिको असर नदेखिएपछि उनले थप उप...

उज्यालो अनलाइन

लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन

भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ। चटर्जीको ८९ वर्षको उमेरमा सोमबार कोलकाताको अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी कम्युनिष्ट पार्टीबाट लोकसभामा अध्यक्ष हुने पहिलो हुन्। चटर्जीलाई आइतबार ह्रदयघात भएपछि भेन्टिलेसनमा राखेर उपचार गराइएको थियो। उनी मे २००४ देखि २०...

थाहा खबर