रूपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर, सब इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूमाथि गाउँपालिका ४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्य गर्दा सम्झौता...

सम्बन्धित सामग्री

ओमसतियाका पूर्वअध्यक्ष केवटविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल) विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा भ्रष्टाचार आरोप पत्र दायर भएको छ । केवटसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको आयोगको सूचनामा जनाइएको छ । […]

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

१४ असार, काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी […]