सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । सङ्क्रमण बढिरहेका बेला क्रिसमसको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।आफूहरुले अन्य व्यक्ति र आफन्तलाई सङ्क्रमण सारेको हुन सक्ने भन्दै सङ्क्रमितहरूले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटिका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटि हुन गएको प्रयोगशालाको भनाई छ । तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।क्रिसमसको अघिल्लो दिन ८८