नुवाकोटमा ६ घण्टादेखि विद्युत प्रशारण लाइनमा पुरुष : ‘मासु भात दिँदा पनि तल झरेनन्’ (भिडियो)

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए । रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थाले