श्री ३ भनिरहनु पर्दैन, जुम्लामा बिजुली पठाउन ठेक्का सम्झौता भैसकेको छ : कुलमान घिसिङ

काठमाण्डौ – जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले जुम्ला अन्धकार भएको लामो समय भैसक्दा पनि प्राधिकरणले बिजुली नदिएको भन्दै संसदमा आक्रोश पोख्नुभयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान  पुनलाई श्री ३ महाराजको पनि दर्जा दिनुभयो । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताउनु भएको छ । 

‘जुम्लामा अहिलेसम्म हाम्रो अफिस पनि थिएन, अब हामीले अफिस खोल्ने निधो गरिसकेका छौँ, र जुम्लामा डेढ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन दैलेखबाट ३३ केभी प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरिसकेका छौँ’, घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले पहल गरिरहेका छौँ, त्यसरी श्री ३ नभनेको भए हुन्थ्यो ।’

उहाँले प्राधिकरणको स्वामित्वमा रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको बताउनुभयो । ‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ’, घिसिङले भन्नुभयो ।

उहाँले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा  डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताउनुभयो । 

'फोन उठाउन पाइन, तर कार्यालयमा आएर भेटेको भए पनि हुन्थ्यो'

कार्यकारी निर्देशक घिसिङले आफुले जानीजानी सांसद महतको फोन नउठाएको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । ‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म बैठकमा थिएँ, पछि कलब्याक गर्छु भन्दा भन्दै बिर्सिए छु, जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रुपमा काम गरिरहेको छ’, उहाँले भन्नुभयो । 

आफू देशभरिकै कामको दबाबमा हुने भएकाले फोन फिर्ता गर्न नपाएको तर सांसदले आफूलाई भेटेको भए पनि समस्या समाधानमा थप पहल गर्न सकिने घिसिङले बताउनुभयो ।

‘मेरो कार्यालयमा दैनिक सयौं जना आउनुहुन्छ, भेटेर समस्या समाधानको पहल गरिरहेको छु, माननीयज्यू पनि आएर समस्या राखेको भए अस्ति नै केही गर्न सकिन्थ्यो होला, तर उहाँ आउनु भएन’, घिसिङले उज्यालोसँग भन्नुभयो । 

याे पनि पढ्नुहाेस्

सम्बन्धित सामग्री

सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो । सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा ब...

उज्यालो अनलाइन

पूर्वसूचना बिना बिजुली गयो ? अब सिधै ऊर्जामन्‍त्रीलाई फोन गर्नुस् !

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै धेरैले फेरि विद्युत कटौती (लोड सेडिङ) हुने आशंका गरिरहेका छन्‌। तर, पूर्व सूचना नै नदिई बिजुली गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ। ऊर्जामन्त्री प...

थाहा खबर

कुलमानको बिदाइले मन खिन्‍न भयो, सरकारलाई धन्यवाद!

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबारदेखि बिदा भएका छन्। उनी प्राधिकरणबाट बिदा भएपछि सरकारमाथि आक्रोश चुलिँदो छ।  सामाजिक सञ्‍जालमा सर्वसाधारणदेखि सेलिब्रिटीहरुले पनि कुलमानलाई फेरि अवसर नदिएकोमा आक्रोश पोखेका छन्। चर्चित गायक अमृत गुरुङले पनि कुलमानलाई फेरि अवसर ...

थाहा खबर

घरबेटीलाई प्राधिकरणको चेतावनी‍: भाडामा बस्नेसँग बिजुलीको शुल्क बढी नलिनू

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन चेतावनी दिनुभयो । केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उहाँले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गर्नुभएकाे हाे ।  ...

उज्यालो अनलाइन

सांसद महतको प्रश्न- वर्षमान र कुलमान श्री ३ भए, कसरी भेट्ने?

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले ऊर्जा मन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘श्री ३ महाराज’ भएको आरोप लगाएका छन्।

सेतोपाटी

जुम्लाका सांसदले मन्त्री पुन र कुलमान घिसिङलाई भने श्री ३ महाराज

२१ साउन, काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको …

अनलाइनखबर

कुलेखानी पुगेर ऊर्जामन्त्री र कुलमानले ठेकेदारलाई भने-अब कुनै बहाना चल्दैन

२१ साउन, हेटाैंडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मकवानपुरको भैंसेमा निर्माणधीन कुलेखानी तेस्रो स्थलगत निरीक्षण गरेका छन् । आयोजना निर्माण्को गति सुस्त भएको भन्दै मन्त्री शाहीले ४ महिनाभित्र सक्ने गरी …

अनलाइनखबर