अन्योलमा पोखराको प्याराग्लाइडिङ भविष्य

पोखरामा साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ लोकप्रिय छ । यहाँको प्राकृतिक सौन्दर्यमा रम्दै प्याराग्लाइडिङ गर्न स्वदेशी र विदेशी पर्यटक आउँछन् । तर, पोखरेलीको वर्षौँदेखिको सपना रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण...

सम्बन्धित सामग्री

जनवरीपछि के हुन्छ पोखराको प्याराग्लाइडिङ ?

अहिले अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएसँगै प्याराग्लाइडिङको भविष्य के हुने हो भन्ने व्यवसायीमा चिन्ता थपिएको छ ।

सकसमा पोखराको प्याराग्लाइडिङ व्यवसाय

भदौ ३०, कास्की । पोखरा साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । यहाँ आउने अधिकाँश आन्तरिक तथा बाह्यि पर्यटकहरु प्राकृतिक सौन्दर्यसँग रमाउँदै प्याराग्लाइडिङको मज्जा लिने गर्दछन् । पोखरामा चरा जस्तै आकासमा उड्ने साहसिक खेलकारुपमा परिचित प्याराग्लाइडिङका लागि करीब ५५ ओटा कम्पनीले व्यवसाय गर्दै आएका छन् ।  पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मूख्य आकर्षण बनिरहेको छ । पोखरा घुम्न आउने जो कोहिले प्याराग्लाइडिङ गर्न छुटाउँदैनन् । साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङमा ३४२ जना टेण्डम (व्यावसायिक) पाईलट र १९० जना सोलो (सिकारु) पाईलटहरुले उडान गर्दै आएका छन् । तर अब केही महीनाभित्र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । विमानस्थल सञ्चालनमा आएपछि पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङको भविष्य के हुन्छ भन्ने चिन्तासमेत  व्यवसायीहरुले गर्न थालेका छन् । पोखरावासीको अन्तरराष्ट्रिय विमानस्थाल बनाउने वर्षौदेखिको सफना साकार हुँदै गर्दा पछिल्लो समय पोखराको साहसिक खेलकारुपमा स्थापित ब्राण्ड बनेको प्याराग्लाइडिङ भने संकटमा पर्ने देखिएको छ ।  लामो समयदेखि कारोना संक्रमणका कारण थलापरेको प्याराग्लाइडिङ व्यवसायको भविष्य विमानस्थनल सञ्चालनमा आएपछि सञ्चालन गर्न मिल्ने वा नमिल्ने भन्ने वारेमा व्यवसायीमा अन्योल बढेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले पोखरा विमानस्थल र नागरिक उड्डययन प्राधिकरणका प्राविधिकहरुले समेत पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ संचानल सम्वन्धमा अध्ययन पछि मात्र निर्णय हुने जानकारी गराएको बताए । पोखराको उत्तरतर्फको सराङकोटबाट हुँदै आएको उडानलाई थप वयवस्थित बनाएर नियमित उडान गर्ने सम्वन्धमा प्राधिकरणले अध्ययन गर्ने र त्यसपछि प्राविधिकरुपमा अध्ययन गरेपछि मात्र निर्णय हुने अध्यक्ष भण्डारीले बताए । ‘पोखरामा अन्तरराष्ट्रिय उडानसँग प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्ने वारेमा प्राविधिकले अध्ययन गरेपछि मात्र निक्र्योल हुने कुरा आएको छ’,उनले भने,‘उत्तरी क्षेत्र सराङकोटबाट हुँदै आएको उडानलाई व्यवस्थित गरेर पोखरामा प्याराग्लाइडिङसँगै अन्तरराष्ट्रिय उडान गर्नका लागि हामीले प्राधिकरणसँग आग्रह गर्दै आएका छौं ।’ ‘पर्यटन मन्त्री योगेश भट्टराई भएको बेला पोखरामा प्याराग्लाइडिङ सञ्चालन गर्न मिल्ने वा नमिल्ने भन्ने सम्वधमा एउटा समिति मार्फत अध्ययन भएको थियो,’ उनले भने, ‘समितिले अध्यायन गरेर प्रतिवेदन नागरिक उड्डययन प्रधिकरणमा बुझाएको छ,तर,त्यो प्रतिवेदन सार्वजनिक गरिएको छैन ।’ अध्यक्ष झण्डारीले पोखरा क्षेत्रमा ब्राण्डकारुपमा स्थापित प्याराग्लाइडिङ र अन्तरराष्ट्रिय विमानस्थल दुवै आवस्यक रहेकाले सुरक्षाका सबै उपाए अपनाएर प्याराग्लाइडिङ सुचारु गर्नु पर्ने बताए ।  अध्यक्ष भण्डारीले कारोडौंको लगानीमा वर्षौंदेखि सञ्चालन हुँदै आएको व्यवसाय र हजारौं राजगारी बचाउनका लागि सरकारले बिषेश प्रविधिको प्रयोग गरेर भएपनि प्याराग्लाइडिङ सञ्चालन गर्ने वातारण मिलाउन आग्रह गरे । उनले गत वर्षको लकडाउन पछि व्यवसायीले ५० प्रतिशत छूट दिएर प्याराग्लाइडिङ उडाउँदा सवैमा उस्साह बढेको बताए । दोस्रो चरणको निषेधाज्ञा पछि व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायी र प्याराग्लाइडिङ पाइलट समस्यामा परेको  पनि उनको भनाइ छ । अहिलेको वस्थामा प्याराग्लाइडिङ असम्भव  पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलेसुवास झाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले अहिलेकै अवस्थामा प्याराग्लाइडिङ सञ्चालन सम्भव नभएको प्रतिवेदन तयार पारेको छ । हाल सञ्चालन भएका ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गर्नका लागि अन्तरराष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ सञ्चालन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका मुलुकले अपनाइएका प्रविधि अध्ययन गरेर निर्णय गनु पर्ने उल्लेख छ । समितिको प्रतिवेदनमा पोखरासँग नजिक रहेका पञ्चासे,माछापुछ्रे,स्याङजा र पर्वत लगायतका क्षेत्रमा प्याराग्लाइडिङ सार्न सकिने उल्लेख गरिएको छ ।