खोप लगाएपछि चिकित्सकले भन्नुभयो: 'बल्ल ढुक्क भइयो, धन्य सरकार'

प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दीपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनुभएको हो ।