ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत कृषि कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने भएको छ । बैंकले किसान कार्डमार्फत कर्जा उपलब्ध गराउनेसम्बन्धी आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र...

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको त्रिपक्षीय समझदारी

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक, आर एन्ड डी. इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण  समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य,  आर एन्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख  वीणादेवी राई र इन्फिकेयर प्रालिका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन तथा नगरपालिकाको सिफारिसमा कृषि पेसामा आबद्ध व्यावसायिक कृषकलाई आवश्यक मल, बिउबिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकलाई आवश्यक तालिम दिनेछ । अर्थ मन्त्रालयबाट जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाअनुसार ब्याज अनुदान उपलब्ध गराइने बैंकले बताएको छ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फिकेयरले गर्नेछ ।