जात्रा र पर्वमा भीडभाड नगर्न ललितपुर महानगरको आग्रह

काठमाण्डाै - ललितपुर महानगरपालिकाले जात्रा तथा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको छ । भीडभाड गरि धेरै जना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम रहेकाले सङ्क्रमणबाट जोगिन पर्व तथा जात्रा साङ्केतिक रुपमा मात्र मनाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो । जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, भीमसेन जात्रा तथा अरु पर्वहरु मनाउँदा सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सीमित सङ्ख्यामा सहभाग...