सडक उपभोक्त समितिमा 'दाजुभाई' राखेपछि कार्यकक्षमै दुई घण्टा थुनिए वडाध्यक्ष :: Pahilopost.com

काभ्रे: बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन्। सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन्।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए। तिमल्सिनाले भने, “वडाध्यक्षले छलफलविना आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ।”

सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिए। वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए। उक्त सडकखण्डको ४०० मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, डे«न वालसहित नाली निर्माण भइरहेको छ।

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, ड्रेन वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करीब १९ लाखमा करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन्।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन्। वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए ‘छलफल गर्न’ आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालयभित्रै भएको अवस्थामा तालाबन्दी गरिएको बताए। “कामको सिलसिलामा कमीकमजोरी भएको हुनसक्छ, बसेर छलफल गरौँभन्दा आक्रोशित भीडले तालाबन्दी गरेर हिड्यो”, उनले भने। उनकाअनुसार तालाबन्दीको दुई घण्टापछि स्थानीय प्रहरीले ताला खोलेका हुन्।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ। तिमल्सिनाले भने, “सडकमा प्रदेश बजेटको बीलो रकमबाट वडाध्यक्षले ग्राभेलिङ गराएका रहेछन्, उनले स्थानीयलाई आगामी बर्षको पाँचलाख बजेटबाट अहिले काम गरिएको भन्ने झुट कुरा बताउँदै आएका रहेछन्।” वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भएमात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताए। रासस

सम्बन्धित सामग्री

वडाध्यक्षमाथि कार्यालयमै आक्रमण

दाङ । शान्तिनगर गाउँपालिका वडा नं २ वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आक्रमण भएको छ । उनीमाथि बिहान सवा

बाह्रखरी

बेथानचोकका ३ का वडाध्यक्ष श्रेष्ठ २ घण्टा कार्यकक्ष मै थुनिए

काभ्रेपलाञ्चोक : बेथानचोक गाउँपालिका ३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिए। सडक स्तरोन्तिका लागि आफ्नानजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढंगले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्ष मै थुनिएका हुन्।  स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा...

थाहा खबर

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक...

राजधानी दैनिक

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक...

राजधानी दैनिक

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक...

राजधानी दैनिक

वडाध्यक्ष श्रेष्ठ दुई घण्टा कार्यकक्षमै थुनिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक...

राजधानी दैनिक

वडाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत

भोजपुरको षडानन्द नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किशोर किरातले नगरपालिकाका प्रशासकीय अधिकृत ध्यान कुमार थापामाथि हातपात गरेका छन् । राईले अधिकृत थापालाई उनकै कार्यकक्षमा गई हातपात गरेका हुन् । अधिकृत थापामाथि किरातले बिहिबार दिउँसो १२ बजे उनकै कार्यकक्षमा कुटपिट गरेको बताइएको छ । किरातले अधिकृत थापालाई ‘तैंले सबै योजनाको रकम पेश्कीबापत किन दिँदैनस् ।

वडाध्यक्ष र सचिव कार्यकक्षमै तीन घण्टा थुनिए

रौतहट – वास्तविक बाढी पीडितको नाम छुटाएको आरोप लगाउँदै दुर्गा भगवती गाउँपालिका –२, भलोहियाका स्थानीय नागरिकले वडाध्यक्षसहित सचिवलाई वडा कार्यालयमा बुधबार ३ घण्टा सम्म थुनेका छन् । गएको साउन महिनामा आएको विनाशकारी बाढीमा भएको जनधनको ठूलो क्षति भए पनि दुर्गा भगवती गाउँपालिका वडा नम्बर –२, भलोहियाका ...

उज्यालो अनलाइन

कार्यकक्षमै थुनिए वडाध्यक्ष

काठमाडौं । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ । ३०...

Nepal Aaja

कार्यकक्षमै थुनिए वडाध्यक्ष

निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाएको समुहले खोटाङमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेको छ। सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार कार्यकक्षमै थुनिएको हो।

Nagarik