आज २७औँ काठमाण्डौ महानगर दिवस, ३२ वटै वडामा सार्वजनिक बिदा

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । आज वसन्तपुरमा परम्परागत बाजासहित विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने  सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते  महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । यस्तै, ...