म्यान्मार सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो ।लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन् ।   तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् । म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरु

सम्बन्धित सामग्री

म्यान्मार सरकारले ३ हजार बढी कैदीलाई रिहा गर्ने

एजेन्सी । म्यान्मारको सैनिक सरकारले बौद्ध नयाँ वर्षको अवसर पारेर ३ हजार भन्दा बढी कैदी बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ । सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइङले ३ हजार १५ जना कैदी बन्दीलाई माफी दिने घोषणा गर्नु भएकाे हाे । सरकारले रिहा गर्ने सूचीमा पछिल्लो २ वर्षमा पक्राउ गरी जेलमा राखिएका आङ सान सुकीको […]

म्यान्मारको हिरासतमा रहेका अमेरिकी पत्रकार रिहा, अमेरिका फर्काउने निर्णय

एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी आफ्नो परिवार भेट्न म्यान्मार छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए । १ सय ७६ दिन हिरासतमा बिताएका ड्यानीलाई गत हप्ता सेना, गैरकानूनी संघसंस्थामा संलग्न […]

म्यान्मारको जेलमा कैद अमेरिकी पत्रकार रिहा

म्यान्मारको एक कारागारमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सोमवार रिहा गरिएको छ ।  उनलाई ११ वर्षको कैद सजाय सुनाइएको तीन दिनपछि रिहा गरिएको हो । आप्रवासन र आतंकवाद कानून उल्लंघन गरेको भन्दै उनलाई सजाय दिइएको थियो ।  संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका पूर्व राजदूत बिल रिचार्डसनले सोमवार फेन्सटरलाई म्यान्मारमा आफूसमक्ष सुम्पिइएको बताए । उनी कतारको बाटो हुँदै छिटै घर फर्किने उनले बताए ।  फेन्सटरले काम गर्ने फ्रन्टियर म्यान्मार पत्रिकाका प्रकाशकले पनि उनी रिहा भएको पुष्टि गरेको छ । म्यान्मार सरका...

म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

म्यान्मार । म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ । मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये […]

म्यान्मार चर्कंदै प्रदर्शन, अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा

काठमाडौं । सैनिक कूविरुद्ध म्यानमारमा प्रदर्शन चर्कंदै गएको छ । दैनिक हजारौं नागरिक सडकमा उत्रिएर स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । म्यानमारका सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुनेछ। बीबीसीका अनुसार अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ। प्रदर्शनका क्रममा मंगलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो। अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, ‘म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ।’ पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन्। यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ।