सम्पादकीय: कामचलाउ हैसियत बिर्सेर प्रहरीमा चलखेल नगर

चुनावी जनादेशअनुरूप गठन हुने नयाँ मन्त्रिपरिषद्लाई शासनको बागडोर हस्तान्तरण गर्न दिनगन्तीमा रहेको वर्तमान कामचलाउ सरकारले नै नेपाल प्रहरीका चार नायब महानिरीक्षक (डीआईजीपी) लाई अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवा गर्ने जुन खेल सुरु गरेको छ, त्यो जुनसुकै हालतमा रोकिनुपर्छ ।