जिल्ला प्रशासन कार्यालयले मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । “सोमबार […]
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले उक्त निर्णय गरेको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधानमल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा सहभागी थिए। इजलासले अन्तरिम आदेश मागिएको विषय अन्तिम […]
काठमाडौं। भक्तपुरस्थित जगाती वृत्तबाट लुटिएका गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका २२ वर्षीय सुमन कार्की छन्। कोठा भाडामा लिएर बस्दै आएका कार्कीलाई एसएलआर राइफललका १६ थान गोलीसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए। २४ भदौको जेन-जी आन्दोलनका क्रममा […]