पाँच लाख स्मार्ट लाइसेन्स माघभित्रै छाप्ने योजना

सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० छाप्न बाँकी रहेको करिब ५ लाख कार्ड माघ महिनासम्म पूरा हुने यातायात व्यवस्था विभागले जनाएको छ ।विगतमा कार्ड अभावमा रोकिएको स्मार्ट लाइसेन्सकको छपाई १४ लाख कार्ड भित्रिएसँगै मंगलबारबाट सुरु भएको थियो । बिहान ७ बजेबाट बेलुका ११ बजेसम्म स्मार्ट लाइसेन्स छपाइ थालिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।गत भदौदेखि […]

सम्बन्धित सामग्री

लाइसेन्समै सास्ती, इम्बोस्डमा ज्यादती

इम्बोस्ड नम्बरको योजना ल्याएको ६ वर्षमा जम्मा २५ हजार प्लेट वितरण गरेको यातायात व्यवस्था विभागले आगामी १६ महिनाभित्र २४ लाख ७५ हजार प्लेट अनिवार्य लिन सवारीधनीलाई निर्देशन जारी गरेको छ । यो त्यही विभाग हो, जसले स्मार्ट लाइसेन्स पाउन योग्य एक लाख २५ हजारलाई लाइनमा राखेको छ ।

कहिलेबाट खुल्छ स्मार्ट लाइसेन्सको लागि नयाँ आवेदन ?

लामो समयदेखि व्यवस्थित रूपमा सवारीचालक परिचयपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेको आरोप खेपिरहेको यातायात व्यवस्था विभागले पुनः अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।विभागले सूचना जारी गर्दै ''हालसम्म परेका अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले चैत १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म आवेदन प्रणाली बन्द रहने'' जनाएको हो।अधिकारीहरूका अनुसार नयाँ आवेदन बन्द गरेर पुराना आवेदन अनुसार परीक्षा सञ्चालन अनि ट्रायल सम्पन्न भएपछि मात्रै सर्वसाधारणहरूले फेरि आवेदन दिन पाउने छन्।हालसम्म आवेदन दिएका सेवाग्राहीको काम सम्पन्न गरेपछि विभागले ''एक साताभित्रै लाइसेन्स प्राप्त गर्न सकिने'' गरी आवेदन खुला गर्ने योजना गरिरहेको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।सरकारले 'चीप' जडित स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्ष देखि सवारी चालक अनुमति पत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।त्यस्तै कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो।महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ अनि वितरण हुन सकेको छैन।पछिल्लो अवस्था के छ?लाइसेन्स प्राप्त गनर्का लागि योग्य ठहर भएका सर्वसाधारणहरूले पहिले एक वर्षका लागि परीक्षणकालीन कार्ड प्राप्त गर्ने हुँदा पनि स्मार्ट लाइसेन्सको अभाव नहुने ठानिएको छ।कहिले बाट खुल्ला नयाँ आवेदन?अधिकारीहरूका अनुसार हाल बाँकी रहेको काम सम्पन्न गर्न 'एक-दुई महिना' लाग्ने अवस्था छ।त्यसको अर्थ आगामी जेठ महिनामा आवेदन खुल्छ त?भुसाल भन्छन्, ''यही मिति त भन्न सकिन्न। तर डेढ-दुई महिनामा फेरि खुल्ला।'भुसालका अनुसार देशका सबै यातायात कार्यालय गरी हाल ''तीनदेखि चार लाख'' आवेदकको काम सम्पन्न गर्नुपर्ने अवस्था छ।''सेवाग्राहीलाई लामो लाइनमा राखेर कुराउनुभन्दा अलि छिटो गरेर सक्काउने र भर्न (आवेदन) बित्तिकै पाउन सक्ने अवस्था सृजना गर्न उपयुक्त हुने भएकाले त्यसै अनुसार गर्न खोजिएको हो,'' उनले भने।हाल विभागसँग पर्याप्त लाइसेन्स उपलब्ध भएकाले आवेदकहरूलाई लाइसेन्स उपलब्ध गराउन समस्या नहुने अधिकारीहरू बताउँछन्।पछिल्लो समय १४ लाख स्मार्ट लाइसेन्स कार्ड प्राप्त गरेको विभागले हालसम्म दुई लाखको हाराहारीमा कार्ड छापिसकेको छ।''अब १२ लाख कार्ड हामीसँग छ। यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको आधा समयसम्म पुग्ने जस्तो देखिन्छ,'' उनले भने।त्यसपछि भने सर्वसाधारणहरूले आवेदन दिएको एक सातादेखि १० दिनभित्र लिखित अनि प्रयोगात्मक परीक्षा सम्पन्न गरेर सबै प्रक्रिया टुङ्गिने गरी व्यवस्था गर्न लागिएको विभागको भनाइ छ।तर उक्त भनाइ अनुसार काम गर्ने ठोस आधार के हुन भन्ने प्रश्नको स्पष्ट जवाफ भने अधिकारीहरूसँग छैन।हालका लागि अनलाइन आवेदन बन्द गरिएको भए पनि विदेश जान वा आपत्कालीन रूपमा लाइसेन्स प्राप्त गर्नुपर्ने बाध्यता रहेकाहरूका लागि भने सेवा उपलब्ध गराइने अधिकारीहरूको भनाइ छ।''जरुरी कोही विदेश जाने छ भने प्रवेशाज्ञा, टिकट र राहदानीको फोटोकपी लिएर आएको अवस्थामा सुविधा उपलब्ध रहेको'' भुसालले जानकारी दिए।

५ लाख स्मार्ट लाइसेन्स छाप्ने विभागको योजना

काठमाडौं, १६ पुस । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) ५ लाख कार्ड माघ महिनाभित्र छपाई हुने जनाएको छ । विभागले छाप्न बाँकी ५ लाख कार्ड माघ महिनाभित्रै छाप्ने भएको हो । मंलगबारदेखि विगतमा कार्ड अभावमा रोकिएको स्मार्ट लाइसेन्सको छपाई सुरु भएको हो । अब विभागले दैनिक ८ हजार लाइसेन्स छपाइ गरेर […]

स्मार्ट लाइसेन्सको छपाई सुरु, हुलाकबाट सेवाग्राहीको घरघरमै पुर्याइने

स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको छ । झण्डै ७ महिना रोकिएको स्मार्ट लाइसेन्सको छपाई मंगलबारबाट सुरु भएको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरेरै स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको हो ।हुलाकबाट घरघरमा पुर्याइनेलाइसेन्स छपाईको काम सुरु भएसँगै यस पटक विभागले सेवाग्राहीको घरघरमै ड्राइभिङ लाइसेन्स पुर्याउने योजना बनाएको छ । कार्यक्रममै मन्त्री यादवले यस्तो उद्घोष गरेकी हुन् ।‘काठमाडौँ आएर लाइसेन्सको ट्रायल परीक्षा दिएर लाइसेन्स नआएसम्म काठमाडौँमै बस्नुपर्ने बाध्यता हटाउन हामी लागिपरेका छौँ’ मन्त्री यादवले भनिन्, ‘अब छपाईको काम सकिएपछि हामीले हुलाकबाट सेवाग्राहीको सम्बन्धित ठाउँमै लाइसेन्स पुर्याउने व्यवस्था गर्न लागेका छौँ ।’लाइसेन्स छपाईको काम माघ भित्रै सक्ने लक्ष्य विभागको छ । ४ वटा मेशिनबाट दैनिक १० हजार प्रिन्टविभागले ४ वटा मेशिनबाट स्मार्ट लाइसेन्स छपाईको काम गर्दै आएको छ । ३ सिफ्टमा काम भईरहेको छ । मेशिनले प्रतिघण्टा ४५० वटा कार्ड प्रिन्ट गर्नेछ । ३ सिफ्टमा दैनिक १० हजार कार्ड छापिने विभागले जनाएको छ ।कति छापिन्छ कार्ड ?विभागले १४ लाख स्मार्ट लाइसेन्स छाप्नेछ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलबाट १४ लाख स्मार्ट कार्ड आईसकेकाले छ । यसअघि कोरोनाका कारण स्मार्ट कार्डको आयात रोकिएको थियो । जसका कारण स्मार्ट लाइसेन्स छपाई र वितरणको काम ७ महिनादेखि रोकिएको थियो ।विभागका अनुसार हाल ४ लाख बढी चालकहरु राजश्व तिरेको रसिदको भरमा सवारी चलाईरहेका छन् । सुरुमा उनीहरुलाई नै स्मार्ट लाइसेन्स वितरण गरिनेछ । त्यसपछि मात्रै नयाँलाई दिइने छ ।२०७२ मंसिरदेखि नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको थियो ।

स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु, दैनिक ७ देखि १० हजार कार्ड छापिने

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ । कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो । अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रह...