काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अपराध रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू दिन आवश्यक रहेको बताएका छन्। भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।गृहमन्त्री खाँणले यस्ता तालिमबाटै प्रहरी संगठनको क्षमता विकास हुने बताए। ‘समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम, नियन्