सगरमाथा लोकमार्गको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही माग

खोटाङ–गाईघाट–दिक्तेल (सगरमाथा) लोकमार्ग अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार यातायात अवरुद्ध पारेका छन् । निर्माण कम्पनीको हेलचक्य्राइँले सडक निर्माण अलपत्र परेको भन्दै निर्माणमा संलग्नलाई कारबाही गर्न माग गर्दै महुरेगढीमा मध्यपहाडी लोकमार्ग बिहान दुई घण्टा यातायात अवरुद्ध पारेका हुन् ।