काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको छ। चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् । एकजना नेता मधु आचार्यका अनुसार सहमतिका लागि आठ बुँदे प्रस्ताव गरिएको छ । सहमतिको बिन्दु तयार गर्न […]
सन् २०२३ मा हाकिमीमाथि एक २४ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। उनलाई न्यायिक निगरानीमा राखिएको थियो। आरोप लगाउने महिलालाई सम्पर्क गर्न प्रतिबन्ध लगाइएको थियो तर फ्रान्स छोड्न अनुमति दिइएको थियो। हाकिमीका वकिल फ्यानी कोलिनले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन्। यो मुद्दा अझै विचाराधीन छ र फ्रान्सेली अभियोजनकर्ताले सन् २०२५ मा ट्रायलका लागि सिफारिस गरेका छन्, तर अदालतले अन्तिम निर्णय लिन बाँकी छ।
काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा एकै पटक करिब ५० लाख जनालाई सन्देश पठाएका थिए। यसका लागि उनले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरेको […]
काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ । सङ्घका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई ज्ञापन पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरका हुन् । सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक […]
१५ भदौ २०३४ मा म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)को मध्य उत्तर क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी लिएर संगठन प्रमुख कमरेड अमृतकुमार बोहराको साथमा ललितपुरबाट दुई दिन हिँडेर पहिलोपटक सिन्धुपाल्चोकको पिस्कर गाउँ पुगेको थिएँ। त्यसदिन कमरेड बोहराकै घरमा बसियो। पक्राउ पुर्जी जारी भएको छोरा घरमा आइपुगेकाले बुवा र सबै परिवार साह्रै खुसी हुनुभयो। घरमा धेरै समय […]