कोशीले स्पर कटान, ४० घरपरिवार विस्थापित

सुनसरी । चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएकाले नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ । यसअघि पनि कोशीले स्पर कटान गरेको थियो । स्थानीय प्रशासनले रोकथामका लागि सामान्य छेकबार लगाए पनि पानीको बहावले भत्काएर पुनः कटान थालेको हो । कोशीले स्पर कटान गर्दै बाढी गाउँ पसेपछि त्यस क्षेत्रका करीब ४० घरपरिवार विस्थापित भएका छन् । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न थालेको छ । नदीले स्पर कटान गरेको सुचना पाएपछि  सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा विशेषज्ञको टोलिले अनुगमन गर्दै  जोखिम क्षेत्रको पहिचान गरी उनीहरूको उद्धारमा सेना परिचालन गरेको हो । कोशी आसपासका क्षेत्रमा बसोवास गर्नेलाई प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ भने स्पर कटान भएका श्रीलंका टापु र गरैया टापुका स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । नदीले आइतवारदेखि नै गरैया टापुको डिल भत्काउन शुरू गरेको थियो । दिउँसो नदी गाउँ पसेपछि प्रहरीले स्थानीयलाई उद्धार गरेको हो । नदीबाट मानवीय क्षति हुन नदिन कोशी आसपास क्षेत्रमा साइरन सहितको नेपाली सेनाको टोली खटाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोशीले स्पर कटान गरेको क्षेत्रमा रोकथामका लागि प्रयास भइरहेको छ भने नदीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयको उद्धारका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको ढकालले बताए ।   यसबीच सप्तकोशिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेक कन्ट्रोल रूमले बताएको छ । पानीको बहाव उच्च बनेसँगै खतराको संकेत स्वरूप कोशीमा रातो बत्ती बालिएको छ भने जोखिम कम गर्न ३५ ओटा ढोका खोलिएका छन् ।

सम्बन्धित सामग्री

पहिरोले सात परिवार विस्थापित

बाजुरा– लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका-५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन्। प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैगरी विस्थापित […]

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराेका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।...

विराटनगरमा बाढीका कारण १७५ परिवार विस्थापित

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित […]

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको संख्या तीन करोड ३० लाख ५० हजार...

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको संख्या तीन करोड ३० लाख ५० हजार...

साहुको ऋणले गाउँ नै विस्थापित

जाजरकाेट - साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्। बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका प्रायजसो दलित समुदाय विस्थापित भएका छन् । भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्नै नपुग्ने त्यसमा पनि प्रायसबै गाउँलेकाे जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताउनुभयो । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भन्नुभय...

ओखलढुङ्गामा पहिरोले आठ घर विस्थापित

ओखलढुङ्गा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्ण रूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साबिक पोकली गाविसमा पर्ने […]

ओखलढुंगामा पहिरोले आठ घर विस्थापित

१० साउन, ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा […]

कर्णालीमा चार सय विस्थापित

अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । सयौं घर भत्किएका छन् भने हजारौं घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले घर भत्किएपछि कर्णालीमा पनि ४ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जुम्लाका १६ घरका १ सय १७ जना घरपरिवार विस्थापित भएका छन् भने कालिकोटमा २७ घरका १ सय ३७ जना र […]

कर्णालीमा दुई सय ६७ जना विस्थापित

लगातारको वर्षाले बस्ती जोखिममा परेपछि कर्णालीका दुई सय ६७ जना सर्वसाधारण विस्थापित भएका छन् । जुम्लाका एक सय १७ र दैलेखका एक सय ५० जना विस्थापित भएका हुन् ।...