जनमत पार्टीको सचिवालय बैठक, संसद्मा प्रभावकारी बन्ने

काठमाडौं :  समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ। पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।   बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ। बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति,

सम्बन्धित सामग्री

रवि-गगनबीच गोप्य चुनावी तालमेल : रास्वपाको उदयमा गगनको 'मिसन पीएम' फ्याक्टर

चितवन २ मा भारि मतान्तरसहित बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक उदयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा फ्याक्टर हाबी भएको राजनीतिक वृत्तमा चर्चामा छ ।कतिपय घटनाक्रमले रविलाई गगनले साथ दिएको पुष्टि गर्छन् । यो समाचार टिप्पणी लेखिरहँदा रविले चितवन २ मा ४९ हजार २६४ मत ल्याएर एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गरेका छन् भने चितवन १ मा रास्वपाकै उम्मेदवार हरि ढकालको मतान्तर फराकिलो बन्दै गइरहेको छ । एक वर्ष अगाडि भएको महाधिवेशनमा भारि मतले महामन्त्री चुनिएका गगनले त्यसलगत्तै 'मिसन पीएम' नामको अभियान चालेका थिए । आफू हरहालतमा प्रधानमन्त्री बन्ने अठोट राखेका गगनले कम्युनिस्ट शक्तिलाई साइजमा ल्याउने र आफ्नै पार्टी कांग्रेसभित्र आफ्नो प्रभाव बढाउने रणनीतिसँगै रविलाई माथि ल्याउन सहयोग गरेको चर्चा कांग्रेसभित्रै चुलिएको छ । एउटा घटनाक्रमले यसको पुष्टि गर्छ । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेल र २ का उम्मेदवार उमेश श्रेष्ठले गगनलाई पटक-पटक चितवन आएर गठबन्धनको पक्षमा बोलिदिन आग्रह गरेका थिए । श्रेष्ठको चुनावी अभियानमा सक्रियताका साथ लागेका एक कांग्रेस कार्यकर्ता भन्छन् – 'मन्त्रीज्यूले चितवन आएर गठबन्धनका पक्षमा सम्बोधन गर्न पटक-पटक आग्रह गर्नुभएको थियो । तर गगन दाइले मान्नुभएन ।'गत कात्तिक २६ गते गठबन्धनले चितवनमा चुनावी सभा आयोजना गरेको थियो । त्यसमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरे । गगन चुनावी सभामै देखिएनन् । चुनावी सभामा मात्र होइन उनले चितवनका दुवै उम्मेदवारका लागि कहीं पनि मत मागेनन् । यसका दुई कारण थिए । पहिलो विश्व पौडेल र उमेश श्रेष्ठले सिधै बालुवाटारबाट टिकट पाएका थिए । दुवै पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै थिए । प्रधानमन्त्री पत्नी आरजु देउवालाई विश्वासमा लिएर टिकट पाएका दुवै जनाले जित्दा गगन कांग्रेसभित्र कमजोर बन्ने पक्का थियो । दोस्रो गगन रविसँग प्रत्यक्ष सम्पर्कमा थिए । प्रधानमन्त्री बन्न 'मिसन पीएम' अभियानअन्तर्गत ३१ विधामा ६० जनाभन्दा बढी विज्ञ सम्मिलित टोलीमार्फत फरक–फरक क्षेत्रको अध्ययन गरिरहेका गगनलाई कम्तीमा चितवन र काठमाडौँमा नयाँ जनमत सिर्जना गर्न सकिने अवस्था थाहा नहुने कुरै भएन ।    पार्टीभित्र हावी हुन पनि पाइने, कम्युनिस्टलाई साइजमा राख्न पनि पाइने र राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाउन पाइने त्यसपछि मात्र प्रधानमन्त्री हुने बाटो सहज गर्ने रणनीतिमा गगनले रविलाई साथ दिएका हुन् । चितवन १ मा रास्वपाका हरि ढकालको जित सुनिश्चित जस्तै छ भने २ मा रविले बाजी मारिसकेका छन् । रविले आफ्नो पार्टी निर्णायक ढंगले उदाउने र ठूला दलमा पनि नयाँ नेतृत्व आएदेखि सरकारमा सामेल हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्ति गगनलक्षित नै हो । गगनले रविसँग गोप्य तालमेल गरेका रहेछन् भन्ने पुष्टि अर्को घटनाक्रमबाट पनि हुन्छ । काठमाडौँका दशवटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले चारवटामा बिजय हासिल गर्यो । बाँकी ५ वटामा राम्रै मत ल्यायो । तर गगनले बिजय हासिल गरेको क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदवारी नै दिएन । काठमाडौँ २, ६, ७ र ८ मा रास्वपाले बिजय हासिल गरेको छ भने ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ बिजयी भएका छन् । अन्य क्षेत्रमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । त्यस्तै ललितपुर ३ मा पनि रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की बिजयी भएकी छन् । समानुपातिक मतमा पनि रास्वपा माओवादी केन्द्रभन्दा अगाडि छ । अबको संसदमा रविले कम्तीमा २० सांसदमार्फत आफ्नो प्रतिनिधित्व गर्ने पक्कापक्की भइसकेको छ । कतिपय स्रोतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम अवस्थामा यसअघि लडेको चितवन क्षेत्र नम्बर ३ छोडेर गोर्खा जानुमा गगनकै यही रणनीतिले काम गरेको बताउँछन् । आफू प्रधानमन्त्री बन्ने अवस्था आएमा रास्वपा र माओवादी केन्द्रलाई सजिलै मनाउन सक्ने गगनले आंकलन गरेका छन् । त्यस्तै सम्भावित वाम गठबन्धनलाई रोक्न पनि गगनलाई चुनौती छ । गगन शुरूदेखि नै सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको विपक्षमा थिए । पछि कांग्रेसले त्यसलाई औपचारिक रूपमै पारित गरेपछि पार्टीको निर्णयप्रति असहमति हुँदाहुँदै पनि कार्यान्वयन गर्नुपर्ने अभिव्यक्ति गगनले दिएका थिए । गठबन्धनमा भएको तालमेलअनुसार कांग्रेस मतदाताले रुख चिह्न नभेटिएको ठाउँमा घन्टीमा मत हालेका छन् । चुनाव हुन केही दिनमात्र बाँकी रहँदा घन्टीको लहर देशव्यापी भयो । यो लहरमा माओवादी र एमाले पनि सामेल भएको समानुपातिक मतपरिणामले प्रष्ट पारेको छ । कम्युनिस्टलाई साइजमा राख्ने, पार्टीबाहिर एउटा 'स्याटेलाइट' शक्ति राख्ने र पार्टीभित्र प्रभाव बढाउँदै जाने गगनको यो रणनीति कत्तिको प्रभावकारी हुन्छ, त्यो अन्तिम मतपरिणाम र त्यसपछि सरकार बनाउन हुने चलखेलहरूले पुष्टि गर्नेछन् ।