सल्यानको कालिमाटी गाउँपालिका अज्ञात समूहद्वारा तोडफोड

सल्यान : सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड भएको छ। अज्ञात समूहले गाउँपालिका लगायत, ३ नम्बर वडा कार्यालय, लघु वित्तीय संस्था, पसल र मन्दिरमा एकैपटक चोरी तथा तोडफोड भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिको कार्यालयको प्रशासकीय भवनको सम्पूर्ण ढोकाका ताल्चा तोडफोड गरी प्रमुख प्रशासकीय कार्यकक्ष, अध्यक्ष, उपाध्यक्षको कार्यकक्षलगायत विभिन्न शाखामा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए। यस्तै कार्यालयमा जडान गरिएको सिसी टिभी फुटाइएको छ भने कम्प्युटरका डेस्कटप चोरी भएका

सम्बन्धित सामग्री

डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड

काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । आज बिहान ६ बजे सो कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । बन्दको दिन तोडफोड भएकोले बन्दकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

डिल्लीबजारको सफ्टवारिका कलेज तोडफोड

काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हाे।...

कोटेश्वरमा महानगर यातायातमाथि तोडफोड

काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ। महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड भएको हो।...

टेलिफोन टावर तोडफोड

मुगु– मुगुको सोरु गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा फेरि पनि तोडफोड भएको छ ।पछिल्लो एक महिनामा सो टावर अज्ञात समूहबाट तीन पटक तोडफोड भएको हो । स्थानीय तह निर्वाचनको समयमा शान्ति सुरक्षा प्रभावकारी बनाएको स्थानीय प्रशासनले दावी गरेपनि सो टावरमा एक महिनाभित्रै तीन पटक तोडफोड भएको स्थानीयको भनाइ छ ।सोरु गााउँपालिका–३ भिइ गाँउमा रहेको नेपाल […]

बोलाएको कलाकार नआएपछि तोडफोड

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा ...

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड

अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।“विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भने, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको

विदुर नगरपालिका कांग्रेसद्वारा तोडफोड

नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षसहितका आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत […]

पाख्रिवास नगरपालिकामा तोडफोड

धनकुटा, ११ असार । धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान सांसद राजेन्द्र राईको गृहक्षेत्र समेत रहेको पाख्रिवास नगरपािलकामा नगर परिषद र बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो। विपक्षी दलहरुले भने शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा नं. ३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको बताएका छन्। सबै वडाका योजना छलफल […]

जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्। उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब…