स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनकाे माग

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।  प्रतिनिधि सभाको आज बुधवारकाे बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो । केही समयमा चुनावकाे मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनु...