एसियाली क्रिकेट : वर्षाले खेल रद्द भएपछि भारतले जित्यो स्वर्ण

काठमाडौं : चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव  २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो।शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।