लोडसेडिङमा संलग्न फेरि सक्रिय हुन खोजे : कुलमान घिसिङ

काठमाडौं । विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्नेहरु पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताए ।

उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने स्पष्ट पारे । प्राधिकरणका हरेक काम कारवाही स्पष्ट र पारदर्शी रहेको उल्लेख गर्दै उनले पछिल्लो दुई वर्षदेखि संस्था नाफामा गएको, मुलुकभर विद्युत् सेवा पुगेका स्थानमा विद्युतभार कटौतीको अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।
प्राधिकरणको नेतृत्वको हिसाबले आफूले नियमानुसार पाउने भत्ता तथा अन्य सुविधा मात्रै लिएको भन्दै कार्यकारी निर्देशक घिसिङले तथ्य नै नबुझी गलत प्रचार गर्नेप्रति रोष प्रकट गरे । प्राधिकरणलाई सबल, सक्षम बनाउने लक्ष्यका साथ आफू प्रयासरत रहेकाले उनले नियमितरुपमा सबल र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धताबाट विचलित नहुने उल्लेख गरे ।

प्राधिकरणमा कार्यरत कर्मचारीको साझा टे«ड युनियनको निर्वाचन गराउन प्राधिकरणको व्यवस्थापन प्रयासरत रहेको भन्दै सञ्चालक समितिको बैठकमा आमन्त्रित रहेका व्यक्तिले प्राधिकरणको मर्यादामा आँच पुग्ने गरी प्रचार गर्दै हिँडेकामा समेत उनले आपत्ति जनाए ।

‘प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक टे्ड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ’ कार्यकारी निर्देशक घिसिङले भने ।

विगतमा प्राधिकरणको व्यवस्थापनसँग मिलेर विद्युत् कटौती गर्ने, नागरिकलाई अँध्यारोमा राख्ने नै पुनःसल्बलाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्तिलाई पाखा लगाउन प्राधिकरणका ग्राहक तथा सञ्चारकर्मीको सहयोगको अपेक्षा राखे ।

(Visited 34 times, 36 visits today)

सम्बन्धित सामग्री

सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो । सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा ब...

उज्यालो अनलाइन

विद्युत् प्राधिकरणबाट बिदा भए कुलमान

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चारवर्षे कार्यकालमा लोडसेडिङ अन्त्यसँगै प्राधिकरणमा प्रशासनिक तथा वित्तीय सुधार ल्याउन सफल भएको बताएका छन् ।

नागरिक दैनिक

कुलमानको पक्षमा कलाकारः राति ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो । १८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ति …

अनलाइनखबर

के भारतको बिजुलीले नै रोकिरहेको छ लोडसेडिङ ? हेर्नुस् तथ्यांक

१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आलोचकहरुले लगाउने गरेको एउटा आरोप हो, भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको छ । घिसिङ अहिले आफ्नो कार्यकालको अन्तिम समयमा रहँदा फेरि यो विषय बाहिर …

अनलाइनखबर

लोडसेडिङ गराउनेहरु फेरि सल्बलाए : कुलमान घिसिङ

२५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गरेका छन् । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि …

अनलाइनखबर

कहालीलाग्दाे लाेडसेडिङ कसरी अन्त्य भयाे ?

काठमाडौं  - मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।  पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ ...

नेपाल आज

प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङ भयो : कार्यकारी प्रमुख घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता  कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताउनुभएको हो । बिहीबार काठमाडौंमा आयोजित ए...

उज्यालो अनलाइन

लोडसेडिङका 'शत्रु' कुलमान घिसिङका यी हुन् ५ फ्लप प्रोजेक्ट :: Pahilopost.com

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य देखि वितरण प्रणाली सुधारका धेरै काम सफलतापूर्वक सम्पन्न गरे। व्यवस्थापनमा दक्ष कुलमानले आमजनताबाट वाहीवाही पनि पाए। तर कुलमानले अघि सारेका केही महत्वकांक्षी योजना भने पूरा भएका छैनन्। घिसिङले गर्न चाहेर पनि गर्न नसकेका योजनाहरुमा एलइडी बल्ब देखि पम्प

पहिलो पोस्ट