रुस-युक्रेन युद्धको असर कम गर्ने संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन् । यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र विशेषगरी विकासशील देशहरुमा यस्तो